शिर्षक :- कोभिड-१९ र बिज्ञान ; समस्या, चुनौती र अवसर
- Bhattarai Pukar
- Sep 15, 2020
- 6 min read
Updated: Nov 4, 2020
शिर्षक १ :- कोभिड-१९ र बिज्ञान ; समस्या, चुनौती र अवसर
निबन्धकारको नाम : पुकार भट्टराई
ठेगाना : कपन, काठमाडौँ
१३ सेप्टेम्बर २०२० / भदौ २८ २०७७
वि.सं २०७६ सालको पुस महिनातिर सुरुभएको महामारीलाई कोभिड-१९ भन्ने बुझ्दछु । यो एउटा सूक्ष्म भाइरस कोरोनाको कारणले गर्दा भएको हो । यस भाइरस सानो छ, आँखाले पनि देखिँदैन संसारभर यसले असर गरेको कुरा समाचारहरुमा आएकोआई छ । ईंग्लिशमा भन्नुपर्दा २०१९ को अन्तिमतिर सुरु भएको यो भाइरसको असर त्यसैले यसलाई कोभिड-१९ भनिएको हो जस्तो लाग्छ । यो भाइरस धेरै सानो छ आँखाले पनि देखिँदैन यसले धेरै देशहरुमा क्षति गरेको समाचार क्षति सुनीराखेकोछु । कोभिड भन्ने शब्द अंग्रेजीको सि, ओ, भि, आई, डि बाट बनेको छ । यसको महामारीलाई १९ भन्नुको कारण सन् २०१९ को अन्त्यमा चीनको वुहान भन्ने शहरबाट यो शुरु भएको भन्ने बुझिन्छ। कोरोना भाइरसको नाम हो। योभन्दा पहिले पनि यो भाइरस आएको थियो भन्ने सुनिन्छ। त्यतिखेर यसको नाम सर्स र मर्स थियो र अहिले कोभिड-१९ । त्यति भन्नाले सन् २००३/०४ तिर होला । १९ भन्ने अङ्क सन् २०१९ को अन्त्यमा यसले असर गर्न सुरु गरेको हो जस्तो मलाई लाग्छ। कोभिड मा सि, ओ, भि भन्नाले कोरोना भाइरस र आई, डि भन्नाले इन्फेक्सियस डिजिज हो जस्तो भन्ने मलाई लाग्छ । कोभिड-१९ महामारी भनेर विश्व स्वास्थ्य संगठनले र सिडिसिले भनेको भनि सुनिन्छ। महामारी भन्नाले एउटा रोग वा भाइरसले ठूलो क्षेत्र वा समूहलाई एकैखालको असर गरिराख्नु भन्ने बुझ्दछु । समाचारमा भनिएअनुसार यो सयभन्दा धेरै देशहरुमा मान्छेमा लक्षण उस्तै भइराखेको छ । त्यसैले यसलाई महामारी भनिएको होला भन्ने मलाई लागेको छ । वि.सं २०७६ सालको सायद पुस महिनातिरबाट यसको समाचार सुन्दै आइरहेको हुनाले अझसम्म पनि यो गएको छैन। करिब आठ महिना भन्दा धेरै दिन हुनलाग्दा सम्म पनि यसको असर सुनीराखिएको छ । यो अर्थात् कोभिड-१९ ठूलो रोगको रुप लिइराखेको छ । मैले जीवनमा अहिलेसम्म यति लामो समय घरभित्रै बसेको पहिलोपल्ट हो । यसले भयाभह स्थिति लिईराखेको छ । कोभिड- १९ ले मानिसहरुमा धेरै जटिल समस्या ल्याउँदैराखेको छ । अझै ठूलो समस्या पो आउने हो कि भन्ने लागिरहेको छ । कोभिड-१९ कोरोना भाइरसको रोग भन्ने सामान्य व्यक्तिले बुझेको जस्तो लाग्छ ।
विज्ञानलाई अंग्रेजीमा साइन्स भनिन्छ। कुनै वस्तुलाई जान्नु,बुझ्नु त्यसको ठूलो अध्ययन भन्ने बुझिन्छ।रुखले जराबाट पानी सोस्छ भन्ने कुरा थाहा हुनु विज्ञान हो। जराले पानी सोसेको कारण जाइलम टिस्युले गर्दा हो भनेर पत्ता लागेको कुरा विज्ञान हो। त्यस्तै सुक्ष्म भाइरस कोरोना यसको शरीरको वरिपरि स्पाइक्सहरु छ, प्रोटिनले बाहिरबाट कोट गरेको छ भनेर थाहा हुनु विज्ञान हो। कोरोना भाइरस मानिसको आँखाले देखिँदैन भन्ने सुनिएको छ। यो सबै खबरहरु अखबार, अनलाईन न्युज ,टि.भि बाटसुनेको हुँ । किताबमा पढेको थिए स्कुल लेभलमा कि “भाइरस आर टाइनी माइक्रो अग्रानीज्म विच आर भेरी स्माल्, देअर आर डिफ्रेन्ट टाइप्स अफ भाइरस सम लिभ इन प्लान्टस सम लिभ इन एनिमल्स एण्ड सम लिभ इन वोथ जस्तै टोबाको मोज्याइक भाइरस टि एम भि विच इज फाउण्ड इन टोबाको लिफ इज द फर्स्ट भाइरस इट क्याननट बी सिन विथ आओर अनक्लोज्ड आइज"भन्ने पढिन्थ्यो । एक्चुवल्ली भाइरस आर भेरी स्माल भन्ने पढेको छु तर आजसम्म भाइरस आफ्नो आखाँले देखेको छैन। इलेक्ट्रोन माइक्रोस्कोपले देख्न सकिन्छ भन्ने सुनेको छु तर मैले इलेक्ट्रोन माइक्रोस्कोप देखेको छैन। त्यसैले विज्ञानको यस भाइरससँगको कुरा पढेको छु, एनिमेटेड भिडियोहरु हेरेको छु। मैले टिभीमा हेरेको, युट्युबमा हेरेको,अनलाईन न्युज पोर्टलबाट हेरेको समाचारको भरमा कोरोना भाइरस गोलो स्फेरिकल सेप विच इज कभर्ड बाई इस्पाईक्स भन्ने बुझ्छु। यसले एउटा बाट दुइटा, दुईटा बाट चार आठ गर्दै आफ्नो संख्या बढाउँदै जान्छ भन्ने बुझेको छु।यो घाटीको स्वासप्रस्वास नलिमा गएर बस्दछ त्यहाँ आफ्नो संख्या वृद्धि गर्छ, फोक्सोमा जादछ त्यहाँ गएर निमोनिया भन्ने घातक रोग लाग्छ भन्ने बुझेको छु। व्यक्तिहरुले आफ्नो शरीरको फोक्सो चलाउन नसकेपछि भेन्टिलेटरको आवश्यकता पर्दछ जसले फोक्सोलाई जीवित राख्न सहयोग गर्दछ जसले व्यक्तिको जीवन रक्षा गर्न सहयोग गर्दछ। व्यक्ति पुन पहिलेको अवस्थामा आउन सक्छ। यो भाइरसलाई निको पार्न सकिन्छ भन्ने पनि सुनेको छु। धेरै व्यक्ति कोरोना लागीसकेपछि फेरी स्वास्थ्य भएको समाचार, संख्या पनि देखीराखेकै छ। यो सबै कुरा विज्ञानले गर्दा नै थाहा पाउन सकेको हो।
विसं २०७६चैत्र ११ गतेबाट नेपालमा देशव्यापी लकडाउन सुरु भयो । पहिलेजस्तो घरबाट बाहिर निस्कन मिल्ने अवस्था भएन । साथीहरुसँग भेटघाट घुलमिल हुन सक्ने स्थिति थिएन । पैसा कमाउने बाटो बन्द भयो । समस्या सबैलाई थियो । थोरै व्यक्तिहरुलाई खानाको समस्या । काम गर्न बन्द भयो । मेडिकल, किराना पसल, दुध्, पानी बाहेक अरु सेवा बन्द भयो । बन्द हुनुको कारण भिडभाड भयोभने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । भिड भएन भने सर्ने जोखिम घट्छ संक्रमितको संख्या थोरै हुन्छ। सायद विज्ञानले गर्दा थाहा पाएको यस कोभिड-१९ ले व्यक्तिहरूलाई खानाको प्रमुख समस्या भयो। सुरुमा एकजनालाई मात्र लागेको थियो, अर्को व्यक्तिमा सर्न को लागि अर्को व्यक्ति संक्रमितको नजिक हुनु पर्छ। सङ्क्रमितले हाच्छ्यु गर्दा यो भाइरस सर्न सक्छ। व्यक्ति आफ्नो घरमा बस्यो भने उसमा संक्रमण हुने सम्भावना रहँदैन। आफ्नो घरमा बस्नु सुरक्षित हो। काम गर्ने ठाउँ व्यक्तिहरूको घरमा हुन पनि सक्छ वा घरबाट टाढा हुन पनि सक्छ। घरमै काम हुने र पैसा कमाउनेलाई समस्या भएपनि थोरै छ। घरबाट टाढा काम हुने जहाँ व्यक्तिहरु धेरै जम्मा हुनुपर्ने जस्तो विद्यालय, अहिलेसम्मको नियम विद्यालयमा विद्यार्थीहरु जम्मा हुने कक्षाकोठामा पढ्ने थियो, त्यहाँ संक्रमण हुने सम्भावना थियो, त्यो काम बन्द भयो। व्यक्तिहरूले काम गरेर पैसा पाइन्छ र त्यो पैसाले किनेर खाने चलन छ। त्यसैले काम बन्द भयो, पैसा पाउनेले पैसा पाएनन् पसलमा सामान किन्न पाएनन्। सरकारले काम नहुनेकोलागि चामल, दाल, तेल वितरण पनि गरियो। यो लकडाउन सुरुहुँदा खेरिको अवस्था। प्रमुख समस्या खाना थियो। धेरै कामहरु बन्द थियो।.धेरैदिनको लकडाउन ( बन्दाबन्दी ) पछि खुल्यो र व्यक्तिहरूको चहलपहल सुरु भयो । स्वस्थ तरिकाले जस्तै भौतिक धेरै कायम गरी एक व्यक्तिले अर्को व्यक्तिलाई नछोइकन काम सुरु भयो । समाचारमा सुनेअनुसार व्यक्तिहरूको कोरानाले गर्दा मृत्यु हुन थाल्यो । संक्रमितको संख्या बढिराखेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढिराखेको छ । अवस्था कोभिड-१९ सुरु हुनुभन्दा पहिले र कोभिड-१९ भइसकेपछि दुई छैन, तरिका नयाँ छ बानीपरेको छैन । बानीनपरेको चिजमा समस्या भइराखेको छ । कोभिड-१९ ले गर्दा समस्या सिर्जना भएको छ ।
म घरमा परिवारका साथ बसिराखेको छु। बाहिर निस्क्यो भने कोरोना लागेको व्यक्ति पहिचान गर्न गार्हो हुन्छ । लक्षण नदेखिने अवस्था हुन्छ । कोरोना लाग्ने सम्भावना बढ्छ । तरकारी किन्नुपर्दा मास्क लगाएर जानुपर्छ । हातमा स्यानिटाईजर लगाई राख्नुपर्छ । व्यक्तिहरूसँग छोईन्छ कि भनेर सतर्क रहनुपर्छ । छोइनु भनेको संक्रमितको सम्भावना बन्नु हो । त्यसैले व्यक्तिसँग छोईन्छ कि भनि सतर्क रहनुपर्छ । तरकारी बजारमा भिड छ जानु पनि छ । घरमा फर्किएर फेरी जानुपर्ने अवस्था पनि छ । कमाई थोरै छ वा छैन खानेकुरा छानेर खान सक्ने अवस्था छैन। खानेकुरा थोरै पटक खानुपर्ने अवस्था छ। कोरोना भाइरस सानो हुन्छ । घरमा ल्याएको खानेकुरामा पो छ कि छ भने त्यसको ठाउँ त्यो भएको ठाउँ पनि थाहा हुदैन । सम्भव भएसम्मका खानेकुरालाई धोएर पखालेर खानुपर्छ । फलफूल खानु स्वास्थ्यको लागि फाइदा हो। कोभिड-१९ हुनु भन्दा पहिला मलाई फलफूल खान कुनै सोच्नु पर्ने सम्भावना थिएन जस्तै फलफुल कुहिएको छैन भने। नकुहिएको फलफूल धोएर खाइहाल्थे तर अहिले त्यसलाई धेरै पटक धोएर पखालेर खान्छु। बिहानमा हिड्नु स्वस्थकर हो। कोभिड-१९ भन्दा पहिले मास्क लगाए पछि हिड्ने गर्थे ( अहिले घरमै शारीरिक व्यायम गर्छु ) । पढ्न कलेज नगइकन ल्यापटप र मोबाईलबाट पढेको छु। सबै व्यक्तिहरुकोमा इन्टरनेट आउने, जाने, इन्टरनेटको सुविधा नहुने। इन्टरनेटबाट पढ्दा आवाज कट्टिने खालका फरक किसिमका चुनौती छन्। यि संभावित समस्याहरु पहिले कमै हुने गर्थ्यो तर आजकाल यसैबाट पढ्नुपर्ने भएकोले यसको समाधानको उपाय पनि खोजीराखेकै छौँ। घुम्ने वातावरण छैन। साथीहरुसँग भेटघाट गर्न मिल्दैन। मिठो मिठो खान पैसा हुँदैन। नयाँ ठाउँमा संक्रमण हुने सम्भावना बढ्छ जस्तो लाग्छ। काम गर्ने अवसर कम छ। अति आवश्यक सेवा सुविधाहरु बाहेक अरु सेवा सुविधाहरु विस्तारै खुल्दैछ। खुलाउने तयारी हुँदैछ। शैक्षिक सेवा ( निजीतर्फ ) बचतले चल्नुपर्ने अवस्था छ । पहिलेको बानीहरुमा सुधार ल्याउन पर्ने भइराखेको छ । जस्तै बाहिर निस्कदा केही राम्रो लागे हेर्न, किन्नपाउने अवस्था छैन । कलेजमा हुने प्रयोगात्मक अभ्यास जस्तै रसायन सँग सम्बन्धित क्रियाकलाप हेर्न र गर्न पाइरहेको स्थिति छैन । कलेजमा हुने गतिविधि हेर्न एउटा, दुइटा पाएको छ । कोभिड-१९ पछिको सम्भावित समस्या नै चुनौती हो जसमा बानी पार्न खोजिराखिएको छ।
कोभिड-१९ पछि धेरै अवसरहरु प्राप्त गरेको छु । इन्टरनेटबाट जुममा भिडियो मिटिङ्, इ-बुक्सहरु डाउनलोड, ई-सेवा, खल्ती ई-बैंकिक मोबाइल बैंकिंग, वेबसाइटहरूको थाहा पत्तो धेरै कुरा सिक्ने अवसर मिलेको छ । बाहिरी निस्कदा हुने समय खेर जाने जस्तै जामको समय ( ट्राफिक जाम ) घर बाहिर इन्टरनेटको पहुँच कोभिड-१९ भन्दा पहिले थिएन । कोभिड-१९ भन्दा पहिला कार्यलय, अफिसको जानकारी लिन त्यहाँ पुग्नुपर्ने हुन्थ्यो तर अहिले बाहिर निस्कन नमिल्ने हुनाले वेभसाइट बाँसबाट वेभसाइट ठेगाना इन्टरनेटमा राखेपछि जानकारीहरु मिली राखेको छ। युट्युबाट प्रयोगात्मक अभ्यासहरु हेर्न पाइएको छ। सरहरुले पढाएको कुरा युट्युबाट हेर्न पाइएको छ । प्रविधिसँग नजिक भएको छ । नयाँ कुराहरु सिकिराखेको छ । घर परिवारमा बस्न मिलेको छ । युट्युबको कुरा ल्यापटपमा भिडियोमा जस्तै गर्न मिलेको छ । पावरप्वाइन्ट, स्क्रीन रेकर्डिङ कुराहरूको बारेमा धेरै जानकारी प्राप्त भएको छ । धुवा धुलो देख्न पाएको छैन यो राम्रो हो । बिरुवाहरु कोभिड-१९ भन्दा पहिले धुवा धुलो हुने गर्थ्यो त्यसैले राम्रोसंग हुर्कन बढ्न पाएका थिएनन् तर अहिले गाडीहरू थोरै मात्रामा चलेको हुनाले धुवाधुलो कम भएको हुनाले, स्वच्छ वातावरण भएको हुनाले बिरुवाहरुले स्वास्थ्य वातावरण पाएको हुनाले राम्रो संग हुर्कन, बढ्न फल्न फुल्न पाइराखेका छन्। बिरुवाहरूको हुर्कन बढ्न फल्न फुल्ने कारणलेगर्दा वातावरण हराभरा, स्वच्छ, स्वस्थ्य, सफा, हरियाली, मनमोहक सफा देखिन थालेको छ । यो वातारण सफा हुनु, हरियाली हुनु, मनमोहक हुनु, स्वस्थ्य, स्वच्छ हुनु राम्रो हो । कोभिड-१९ ले गर्दा वातावरण सफा, स्वास्थय, स्वच्छ हुनुमा महत्वपूर्ण योगदान छ । पृथ्वीको वायुमण्डलमा धेरै रसायनिक तत्वहरु जुन आवश्यक थिएनन् त्योपनि मिसिराखेको थियो । वातावरण प्रदूषित भएको थियो तर अहिले चराको आवाजहरु सुनिन थालेका छन् रुखका पातहरू टल्किएको देखिएका छन् जुन कोभिड-१९ को एक अवसर हो। हाम्रो वरिपरि रहेको हावा स्वच्छ, स्वस्थ्य भयो भने त्यो हाम्रो नाकमुखबाट प्रवेश गर्छ, त्यसले ग्लुकोजलाई कार्बनडाइअक्साइड, पानी, ऊर्जामा परिणत गर्दछ। यसले हाम्रो शरीरलाई राम्रो हुन्छ। कोभिड-१९ भन्दा पहिले गाडी, मोटरसाईकल, स्कुटरहरु धेरै गुड्थे। ति मध्य धेरै धुवाँफाल्ने खालको थिए जसले वातावरणमा फालेको धुवाँमा सल्फरडाइअक्साईड, नाइट्रोजनडाईअक्साईड, कार्बनडाइअक्साईड हुन्छ। कार्बनडाइअक्साईडको मात्रा वायुमण्डलमा धेरै हुँदा मानिसले श्वास भित्र तान्दा वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिन्छ तर अहिले वातावरण सफा छ ती रसायनिक तत्व हुने सम्भावना कम छ त्यसैले हामीलाई टाउको दुख्ने, वाकवाकी हुने सम्भावना कम हुन्छ। हामी स्वास्थ्य हुन्छौं। जनावरहरू कुकुर, बिरालो घरपालुवा र जङ्गली जनावरहरू, पानीभित्रका माछाहरु चराहरू पनि स्वास्थ्य छन् होला। उद्योग बन्द भएका कारण उद्योगबाट निस्कने फोहोर पानीमा जान पाएको छैन, पानी भित्रका जनावरहरू पनि स्वस्थ होलान्। यि नै कोभिड्-१९ पछिका अवसरहरु होलान् जस्तो लाग्छ।

Comments